१६ माघ २०७८, आईतवार   535 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल धितोपत्र बोर्डले ६ कम्पनीहरुलाई आईपीओ ( साधारण शेयर)   निष्कासनको अनुमति माघ ९ गते दिएको छ।बोर्डको सञ्चालक समितिको बैठकले एकैपटक ६ कम्पनीलाई शेयर निष्कासनको अनुमति दिने निर्णय गरेको हो। जसमा राष्ट्रिय उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, बलेफी हाइड्रोपावर , ग्रिन भेन्चर्स लिमिटेड र ईमर्जिंग नेपालले आईपीओ निष्कासनको अनुमति पाएका छन्। सेबोनको अनुमतिसँगै अब राष्ट्रिय उत्थानले ८,५०,००० कित्ता, नेष्डोले ८,२८,७५० कित्ता, जाल्पाले ५,२२,००० कित्ता, बलेफीले ३६,५५,९४० कित्ता , ग्रिन भेन्चर्सले ६२,५०,००० कित्ता र ईमर्जिंग नेपाल कम्पनीको ५,००,००० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। यी कम्पनीहरु मध्य जाल्पा लघुवित वित्तीय कम्पनीले ५,२२,००० कित्ता जारि यहि माघ २१ गते बाट गर्ने भएको छ ।

१. बलेफी हाइड्रोपावर लिमिटेड 

बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६,५५,९४० कित्ताको  ३६,५५,९४,००० रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको  थियो  । कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा  बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

२. ग्रीन भेन्चर लिमिटेड 

ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२,५०,००० कित्ताको ६२,५०,००,००० रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो  । कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा  बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

३. नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८,२८,७५० कित्ताको ८,२८,७५,००० रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमतिको लागि  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो । कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा  बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

४. जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५,२२,००० कित्ताको ५,२२,००,०००  रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। यस कम्पनीको शेयर जारि गर्ने मितितय गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने छ जस मध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्यायर बाँकि रहेको ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधारण लागि हो ।आईपीओ खुल्ला मित्ति २०७८ माघ २१ गते देखि  छिटोमा      माघ २५ गते सम्म रहने जनाएको छ । यस लघुवित्त संस्थाको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

५. राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८,५०,००० कित्ताको ८,५०,००,००० रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो । कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा  बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

६. ईमर्जिंग नेपाल लिमिटेड

ईमर्जिंग नेपाल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५,००,००० कित्ताको ५ करोड रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 





सम्बन्धित समाचार