१६ माघ २०७८, आईतवार   340 पटक हेरिएको


image

पालिका एक्सप्रेस, रु रु जलबिद्युत परियोजनाले मिति २०७८.०६.१६ गते सम्पन्न १५ औ र १६ औ बार्षिक साधारण सभाबाट  पारित भएको बोनस सेयर १० प्रतिशत लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिएको जनाएको छ। 

जलबिद्युत कम्पनीले २०७८/०६/०६ गते सम्म शेयर अभौतिकिकरण  गराएका लगानीकर्ताको खातामा सेयर पठाईएको र सो मिति भन्दा पछि शेयर अभौतिकिकरण  गराएकालाई क्रमश शेयर पठाईने कम्पनीले जनाएको छ ।

शेयर अभौतिकिकरण नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले  आग्रह गरेको छ  ।  शेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस शेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ  ।  





सम्बन्धित समाचार