१५ माघ २०७८, शनिबार   241 पटक हेरिएको


image

पालिका एक्सप्रेस,जानकी फाईनान्स कम्पनीको २५ औं वार्षिक साधारण सभा फागुन ७ गते होटल मानकी इन्टरनेशनल प्रा.लि शिवचौक जनकरपुरधाममा बिहान १० बजेबाट शुरु हुने जनाएको छ।

सभामा फाईनान्स कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १५ प्रतिशत र नगद लाभांश ०.७८९५ प्रतिशत (कर प्रयोजनको लागि)गरी कुल १५.७८९५ प्रतिशत  वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सोहि सभाले आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले बार्षिक साधारण सभा प्रयोजनको लागि फागुन ६ गते बुक क्लोज गर्ने भएको छ । यसकारण फागुन ५ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले बार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।





सम्बन्धित समाचार