१४ माघ २०७८, शुक्रबार   302 पटक हेरिएको


image

पालिका एक्सप्रेस, कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीय सहित सर्व-साधारणका लागि आईपीओ (साधारण शेयर )जारी गर्ने भएको छ।

कालिन्चोक दर्शन लिमिटेडले रुपैंया १०० अंकित दरका कुल १२ लाख कित्ता शेयरको  १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ। 

यसकारण ,यस  कालिन्चोक दर्शन लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। 

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी द्विपक्षीय सम्झौता पत्रमा कालिन्चोक दर्शन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। 





सम्बन्धित समाचार