
पालिका एक्सप्रेस, ज्योति लाइफ इन्स्योरेन्स बार्षिक साधारण सभाको आहवान गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको बोनस शेयर १० प्रतिशत र नगद लाभांश ०.५२६३ प्रतिशत (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५२६३ प्रतिशत वितरण गर्ने घोषणा गरेको थियो।
सोही प्रस्ताव पारित गर्न ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ६ गते पोखरामा चौथो वार्षिक साधारण सभा बिहान ११ बजे शुरु हुने जनाएको छ।
सोही सभाले लाभांश प्रस्तावका साथै बोनस शेयर वितरण पश्चात चुक्ता पूँजीमा परिवर्तन हुने भएका कारण इन्स्योरेन्सको प्रबन्धपत्र संशोधन गर्ने ,स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको बार्षिक साधारण सभामा भाग लिन र प्रस्ताबित लाभांश प्राप्त गर्न सक्नेछन्।