PalikaExpress
१३ माघ २०७८, बिहीबार
303 पटक हेरिएको

पालिका एक्सप्रेस, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आ.व. २०७६/०७७ को मुनाफाबाट चुक्तापूँजी रू. ३ अर्ब ३९ करोड ८ लाख ८९ हजारको आधारमा बोनस शेयर १९ प्रतिशत र नगद लाभांश १ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।