
पालिका एक्सप्रेस,नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको हकप्रद शेयरमा माघ १२ गते आज सम्म आवेदन दिन सकिने छ ।
यस बैंकको हकप्रद शेयर १:१ को अनुपातमा १३ लाख १२ हजार ३ सय ३८ कित्ता शेयरको १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको निष्कासन गरेको हो ।
हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बैंकले मंसिर २४ गते १ दिन बुक क्लोज गरेको थियो । त्यसकारण मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर पुस ७ गतेबाट निष्कासन गरिएको थियो । बैंकको हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर एप र पोर्टलबाट आवेदन दिन सक्नेछन् ।