PalikaExpress
११ माघ २०७८, मंगलवार
198 पटक हेरिएको

पालिका एक्सप्रेस,सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले शेयरको घरायसी तथा मृत्यु नामसारी सेवा थप एक साताका लागि बन्द गरेको जानकारी गराएको छ।

कोभिडको तेस्रो लहरसँगै सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएपछि सीडीएससीले गत माघ ४ गते एक सूचना जारी गर्दै २०७८/१०/११ गते सम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द थियो।
तर कोभिड संक्रमण बढ्दै गइरहेकोले सीडीएससी पुनः अर्को सूचना जारी गर्दै यो सेवा थप एक साता अर्थात २०७८/१०/१९ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ।
यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाका लागि सीडीएससीले क्षमायाचना गरेको छ।