PalikaExpress
१० माघ २०७८, सोमबार
211 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई लाभांश बाँड्न रोकेको छ ।राष्ट्र बैंकले पुँजी प्रयाप्त नदेखिएको कारण लाभांश बाँडन रोकेको हो ।
बैंकको कार्तिक ८ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बोनस सेयर १५ प्रतिशत र नगद लाभांश ०.७८ प्रतिशत (कर प्रयोजनको लागि)गरी कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
