PalikaExpress
१० माघ २०७८, सोमबार
183 पटक हेरिएको

पालिका एक्सप्रेस, एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा २०७७/०७८ को मुनाफाबाट चुक्तापुंजीको ३.३० प्रतिशत नगद लाभांश जम्मा गरेको छ ।
यस बैंकको गत पुस २२ गते सम्पन्न भएको २६ औ वार्षिक साधारण सभाले पारित गरेको ३.३० प्रतिशत लाभांश (नगद लाभांश तथा बोनस शेयरको कर समेत ) बुक क्लोज हुनु भन्दा अघिल्लो दिन अर्थात् पुस ६ गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र भौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।