१७ कार्तिक २०७७, सोमबार   103 पटक हेरिएको


image

आजको डिजिटल समयमा बिभिन्न बैंक तथा बित्तीय संथाले आफुलाई डिजिटल मैत्री बनाउन र प्रतिस्पर्धात्मक बजार सफलता हासिल गर्न एक भन्दा अर्कोले नया नया निति र प्रबिधि भित्राएको बेला कुमारी बैंकले फोनलोन सम्बन्धी कर्जा सुबिधा प्रदान गर्ने निति लिएको छ । बैंकिङ सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल , सहज र छिटो सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन योजना सञ्चालनमा ल्याएको हो । यो सेवा सूचारु भएसँगै बैंकमा विभिन्न तलब खातामा आवद्ध ग्राहकहरुले अधिकतम ३० दिनको लागि अधिकतम १ लाख रुपैयाँ सम्म कर्जा पाउनेछन् ।बैंकले तलबी खाता भएका ग्राहकलाई यो सेवा दिनको लागि यो बिशेष योजना ल्याएको बैंकले जनाएको छ । कुमारी स्मार्ट मोबाइल बैंकिङबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ । यस्तो कर्जाको लागि कुनैपनि धितो, निवेदन तथा कानूनी कागजातको समेत आवश्यकता नपर्ने बैंकले जनाएको छ ।





सम्बन्धित समाचार