९ माघ २०७८, आईतवार   393 पटक हेरिएको


image

पालिका एक्सप्रेस,ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ ।गत माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरी बोनस शेयर १० प्रतिशत र नगद लाभांश ०.५२ प्रतिशत (कर प्रयोजनको लागि)गरी कुल १०.५२६३ वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले बीमा समितिको निर्देशन अनुसार यस अघिको प्रस्तावित लाभांश संशोधन गरेको हो ।यस अघि कम्पनीको कार्तिक १४ गते बसेको सञ्चालक समितिको ९२ औ बैठकले आर्थिक वर्ष २०७६/०७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ५ प्रतिशत र नगद लाभांश ५.५२६३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।  ।

यस आधारमा कम्पनीको बोनस शेयर बढेको छ । प्रस्तावित लाभांश नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।





सम्बन्धित समाचार