८ माघ २०७८, शनिबार   239 पटक हेरिएको


image

पालिका एक्सप्रेस,जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी साधनमा शुक्रबार राति देखि जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार अत्यावश्यक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले २०७८.१०.०७ गते शुक्रबार राति १२ बजे देखि लागु हुने गरि आदेश जारि गरिएको छ ।सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागू हुने र अत्यावश्यक सेवा अन्तर्गतका सवारीमा नियम लागू नहुने स्पष्ट पारेको हो ।

औषधि र स्वास्थ्य सामग्री बोकेका साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास तथा पेट्रोल बोकेका साधनमा जोर बिजोर लागू हुने छैन । खाद्यान्न, दूध, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपन्छी र दाना बोक्ने गाडीमा जोर–बिजोर लागू हुने छैन ।

चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था, हवाई सेवा, डाँक तथा कुरियर, दूरसञ्चार सेवा प्रदायक संस्थाका कर्मचारीको हकमा पनि जोर–बिजोर लागू हुने छैन ।





सम्बन्धित समाचार