६ माघ २०७८, बिहीबार   277 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र मट्टितेल) मा प्रतिलिटर ३ रुपैयाँले मूल्य बृद्धि गरेको छ ।

अब नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १३९ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य १२२ रुपैयाँ भएको  छ । निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनमा ५ रुपैयाँ प्रतिलिटर वृद्धि गरी १०६ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य भने एकै पटक प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बृद्धि गरिएको छ ।अव अन्तर्राष्ट्रिय तर्फ एक किलोलिटर इन्धनको मूल्य ९९५ अमेरिकी डलर पर्ने छ । यस अघि एक किलोलिटर इन्धनको मूल्य ८९५ डलर मात्रै तोकिएको थियो ।





सम्बन्धित समाचार