
पालिका एक्सप्रेस ,नबिल बैंकको स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्त वित्तीय सस्थाको संस्थापक शेयर माघ ५ गते देखि लिलामीमा विक्री खुला गरेको छ ।
यस लघुवित्त कम्पनीको १,६२,४९८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यस लिलामीमा इच्छुक लगानीकर्ता माघ १८ गते सम्म आवेदन दिन सक्नेछन् ।

शेयर न्यूनतम मूल्य रू.६५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १००० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने जानकारी गराएको छ ।
विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । माघ १८ गते बैंकिङ समय सम्म प्राप्त भएका बोलपत्रहरु माघ १९ गते बिहान १० बजे नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा खोल्ने पनि जानकारी गराएको हो ।
आवेदकले आबेदन दिंदा शिलबन्दी खाम बाहिर “स्वाबलम्बन लघुवित्त वित्तीय सस्था लिमिटेड संस्थापक शेयर खरिद आबेदन:” उल्लेख भएको हुनु पर्ने जनाएको छ ।