
पालिका एक्सप्रेस, छ्याङ्दी हाईड्रोपावर लिमिटेडले माघ ११ गते बाट हकप्रद सेयर जारी गर्ने भएको छ । हाईड्रोपावर कम्पनीले १०:३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८,९३,०२५ कित्ता हकप्रद सेयर निष्कासन गर्न पुस १ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पुस २१ गते १ दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसकारण पुस २० गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रदमा माघ ११ देखि फागुन २ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री ग्लोबल आइएमई क्यापिटल, छ्याङ्दी हाइड्रोपावर लिमिटेडको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर पोर्टल र एपबाट आवेदन दिन सक्नेछन् ।