PalikaExpress
३ माघ २०७८, सोमबार
220 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा आज माघ ३ गते नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरपछि शेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेले आइतबार हिजोको अन्तिम कारोबार मूल्य १०३९ रूपैयाँका आधारमा २० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ८६५.८३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो।
यस नाडेप लघुवित्त संस्थाको ९ औँ वार्षिक साधारण सभा यहि माघ १४ गते नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट हुने जनाएको छ।

सो सभाले संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस र नगद लाभांश १.०५३ प्रतिशत (कर प्रयोजनका लागि समेत)गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।