३ माघ २०७८, सोमबार   210 पटक हेरिएको


image

पालिका एक्सप्रेस, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि ‘BNHC’ सिम्बोल प्राप्त गरेको छ ।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर आज सोमबारबाट कारोबारमा आउने भएको छ।

नेप्से र कम्पनीबीच हिजो पुस २ गते आईपीओ सूचीकरण सम्झौता भए सँगै यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा आजबाट कारोबारमा आउने भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४.०५ पैसादेखि अधिकतम २५२.१५ रुपैयाँ सम्म ओपनिङ रेञ्ज  (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/०७७ को  प्रतिसेयर नेटवर्थ ८४.०५ पैसा रहेको छ ।

सोही नेटवर्थको ३ गुणा २५२.१५ रुपैयाँ हुन्छ । यो कम्पनीको नेप्सेमा १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता सेयर सूचीकृत भएको छ।

जसमा संस्थापकहरुको २८ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको ४ लाख कित्ता र सर्वसाधारणको ८ लाख कित्ता छन्।





सम्बन्धित समाचार