
पालिका एक्सप्रेस, एभरेष्ट बैंक लिमिटेडले माघ ३ गते आज सोमबारबाट ८ वर्ष अवधिको ८.५ प्रतिशत व्याजदर भएको ‘८ बर्ष ,८.५ प्रतिशत,”एभरेष्ट बैंक लिमिटेड ऋणपत्र ,२०८६ ” नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २० लाख कित्ता २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल २० लाख कित्ता ऋणपत्र मध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्व-साधारणका लागि ८ लाख कित्ता बिक्री गर्नेछ ।
सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ।
ईच्छुक लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । माघ ०३ गते बाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सक्ने छन ।
बोर्डले गत मङ्सिर २० गते अनुमति प्रदान गरेको थियो ।ईच्छुक लगानीकर्ताहरूले एनआईबिएल एस क्यापिटल, एभरेष्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर पोर्टल र एपबाट आवेदन दिन सक्नेछन् ।