२ माघ २०७८, आईतवार   1450 पटक हेरिएको


image

पालिका एक्सप्रेस,   नियामक निकाय नेपाल धितोपत्र बोर्डमा चार ओटा कम्पनी हकप्रद शेयर जारि गर्न अनुमतिको पर्खाई रहेका छन ।

ति चार कम्पनीहरुमा शिखर इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, अपि पावर कम्पनी र नेपाल फाइनान्स लिमिटेड रहेको  छ । शिखर इन्स्योरेन्स कम्पनीले १०:३  अनुपातमा हकप्रद शेयर निष्काशन गर्न गत जेष्ठ २५  गते  नेपाल धितोपत्र बोर्डमा निबेदन पेश गरि सकेको छ ।

कम्पनीले रुपैया १०० अंकित दरका ५२,७५,५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।कम्पनीले हकप्रद शेयर जारि गर्न ईक्रा नेपालमा रेटिंग गराईसकेको छ ।

ईक्रा नेपालले कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई ईक्राएनपी ग्रेड ३ प्लस रेटिंग प्रदान गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत पाए हकप्रद शेयर जारि गर्ने छ ।यस कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईबिएलएस क्यापिटल रहेको छ ।

त्यस्तैगरी, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १०:४ अनुपातमा ४६,३०,३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डमा भदौ १७ गते निवेदन दिएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

अपि पावर कम्पनीले १:०.३९ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि असोज २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

नेपाल फाइनान्स लिमिटेडले १:०.७० अनुपातमा ३४,५४,४७४.२८ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि कात्तिक १ गते निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार