२ माघ २०७८, आईतवार   254 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सेन्ट्रल फाईनान्स लि को २५ औं वार्षिक साधारण सभा गत पुस ३० गते शुक्रवार सम्पन्न भएको छ ।मंसिर २९ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनश शेयर ७.७ प्रतिशत र नगद लाभांश ३.३ प्रतिशत दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

सभाले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट शेयरधनीहरुलाई बोनश शेयर ७.७ प्रतिशत र नगद लाभांश ३.३ प्रतिशत गरि कुल ११ प्रतिशत वितरण गर्ने निर्णय पारित गरेको छ ।

साधारण सभाबाट पारित बोनस शेयर ७.७ प्रतिशत पछि कम्पनीको चुक्तापूँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ, निक्षेप ५ अर्ब ८२ करोड ५७ लाख ४८ हजार रुपैयाँ र कर्जा लगानी  ५ अर्ब १ करोड २२ लाख ६२ हजार रुपैयाँ रहेको छ ।





सम्बन्धित समाचार