१ माघ २०७८, शनिबार   273 पटक हेरिएको


image

पालिका एक्सप्रेस, पिपुल्स पावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ  ।यस पावर कम्पनीले प्रभावित क्षेत्रको स्थानीय बासिन्दा तथा सर्व-साधारणका लागि शेयर जारि गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

यस पावर कम्पनीले रुपैया १०० अंकित दरका ३०,९९,७४० कित्ता शेयरको ३० करोड ९९ लाख ७४ हजार रुपैया बराबरको आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत पुस २७ गते निवेदन दिएको हो । 

यस पावर कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ । 





सम्बन्धित समाचार