३० पुष २०७८, शुक्रबार   342 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको बोनश शेयर ११ प्रतिशत र नगद लाभांश ०.५८ प्रतिशत (कर प्रयोजनका लागि सहित) कुल ११.५८ लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुस २९ गते  बसेको संचालक समितिको बैठकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति गरी कम्पनीको आगामी कम्पनीको बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त  गर्ने छन् ।





सम्बन्धित समाचार