३० पुष २०७८, शुक्रबार   182 पटक हेरिएको


image

पालिका एक्सप्रेस, मञ्जुश्री फाईनान्सले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  सभाले बोनस शेयर ४० प्रतिशत र नगद लाभांश ६ प्रतिशत (कर प्रयोजनका लागि समेत )गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  

सोहि सभाले बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने / गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

सभाले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आ.व. २०७८/०७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाको यसअघिसम्मको चुक्तापुँजी रु. ९६ करोड ५३ लाख ९४ हजार ८९१ रहेको छ। बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्तापुँजी रु. १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४७ हुने भएको छ। 





सम्बन्धित समाचार