२९ पुष २०७८, बिहीबार   228 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित लाभांश परिमार्जन सहित २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको पौष २८ गते बुधबार बसेको सञ्चालक समितिको ३०२ औ बैठकले गरेको निर्णय अनुसार कम्पनीको २८ औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमांडौमा भर्चुअल माध्यामबाट बिहान ११ बजे सुरु हुने जनाएको छ ।

कम्पनीले यस अघि नै गत आ.व.को नाफाबाट बोनस शेयर ७.५ प्रतिशत र नगद लाभांश ७.५ प्रतिशत वितरणको घोषणा गरेको थियो । तर बिमा समितीको निर्देशन पछि गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई बोनस शेयर १४.२५ प्रतिशत र नगद लाभांश ०.७५ प्रतिशत (कर प्रयोजनका लागि समेत) गरी १५ प्रतिशत नै लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन ,लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

सोही सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ  ।यस इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि ५ माघ देखि २१ गतेसम्म बुक क्लोज गर्नेछ ।

यस अनुसार ४ माघ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश र बार्षिक साधारण सभामा सहभागि हुन सक्नेछन  ।





सम्बन्धित समाचार