
पालिका एक्सप्रेस,अर्घाखाँची सिमेन्ट लिमिटेडले बुक बिल्डिङ बिधिबाट साधारण शेयर जारी गर्ने भएको छ ।कम्पनीले शेयर निष्काशनको बिशेस प्रस्ताब सहित साधारणसभाको आहवान गरेको छ ।
यस कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार कम्पनीको २३ औँ बार्षिक साधारण सभा माघ ५ गते अर्घाखाँची सिमेन्ट लिमिटेडको कार्यालय काठमांडौमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

सोही सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक बिल्डिंग (Book Building) विधिबाट गर्ने र सोहि अनुसार अधिकृत पूँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सो सभाले संचालकहरुको पारिश्रमिक तथा बैठक भत्ता निर्धारण गर्ने, आर्थिक वर्ष २०७४/७९ को लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताबहरु पारित गर्ने छ ।