२८ पुष २०७८, बुधबार   142 पटक हेरिएको


image

पालिका एक्सप्रेस,हिमालयन डिस्टिलरी लिमिटेडको २१ औं सधारणसभाले गत बर्षको नाफबाट प्रस्तावित सत् प्रतिशत (१००%) लाभांश पारित गरेको छ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।वीरगञ्जमा भएको साधारण सभाले बोनस सेयर ७५ प्रतिशत र नगद लाभांश २५ प्रतिशत (कर प्रयोजनको लागि  सहित) गरी कुल १०० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख रुपैयाँ छ। कम्पनीको जगेडा कोषमा एक अर्ब ३४ करोड रुपैयाँ छ। कम्पनीले गत आर्थिक वर्ष एक अर्ब चार करोड खुद नाफा गरेको थियो।

बोनस सेयर पारित पछि कम्पनीको चुक्ता पुँजी ६५ करोड ७ लाख रुपैयाँले बढेको छ। सेयरधनीले नगद लाभांश बापत कुल २१ करोड ६९ लाख रुपैयाँ पाएका छन्।





सम्बन्धित समाचार