२७ पुष २०७८, मंगलवार   191 पटक हेरिएको


image

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।नेपाल स्टक एक्सचेन्जले नेशनल माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २६१४.२९ रुपैयाँ कायम गरेको हो।

अन्तिम कारोबार अघिल्लो कारोबार दिनको मूल्य अनुसार लघुवित्तको प्रतिकित्ता ३६६० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि नेशनल माइक्रोफाइनान्सले आज पुस २७ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो पुस २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

संस्थाले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको बोनस सेयर ४० प्रतिशत र ५ नगद लाभांश प्रतिशत (कर प्रयोजनका लागि सहित) गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ रहेका छन्। 

प्रस्तावित लाभांश संस्थाको आउँदो माघ ६ गते हुने ८ औ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 





सम्बन्धित समाचार