१६ कार्तिक २०७७, आईतवार   95 पटक हेरिएको


image

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट कार्तिक १४
गते एपएिफ टोलीले करीब तीन लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले बरामद
गरेको हो ।
        बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा काठ बरामद
पर्सा जिल्लाको पर्सागढी नगरपालिका १ गुलरियाबाट कार्तिक १५ गते एपीएफ
टोलीले करीब एक लाख ५० रुपैयाँ बराबरको ५० क्यू.फिट सालको गोलिया काठ
बरामद गरेको छ ।
        सो ठाउँस्थित धान खेतमा लुकाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल
सुरक्षा बेस बागेश्वरीबाट खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो ।
        बरामद काठ सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको छ ।





सम्बन्धित समाचार