२७ पुष २०७८, मंगलवार   73 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय बढाएको छ । बैंकको हकप्रद शेयरमा माघ १२ गते सम्म आवेदन दिन सकिने भएको छ ।

यस  बैंकको हकप्रद शेयर  १:१ को अनुपातमा १३ लाख १२ हजार ३ सय ३८ कित्ता शेयरको १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको निष्कासन गरेको हो । 

हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बैंकले मंसिर २४ गते १ दिन बुक क्लोज गरेको थियो । त्यसकारण मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

पुस ७ गतेबाट निष्कासन गरिएको उक्त हकप्रदमा अब माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

 लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर एप र पोर्टलबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार