२६ पुष २०७८, सोमबार   199 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस २६ गते अन्तिम दिन रहेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ४० प्रतिशत र नगद लाभांश ५ प्रतिशत (कर समेत गरी) कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २७ गते देखि गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको पौष ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औ वार्षिक साधारण सभा माघ ६ गते धादिङबेशीमा बिहान ११ बजेबाट हुने जनाएको छ । 
 





सम्बन्धित समाचार