PalikaExpress
२६ पुष २०७८, सोमबार
210 पटक हेरिएको

पालिका एक्सप्रेस, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले दोश्रो बजारमा कारोबारका लागि ‘BNHC’ सिम्बोल प्राप्त गरेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४.०५ पैसादेखि अधिकतम २५२.१५ रुपैयाँ सम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेको छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/०७७ को प्रतिसेयर नेटवर्थ ८४.०५ पैसा रहेको छ ।
सोही नेटवर्थको ३ गुणा २ सय ५२ रुपैयाँ १५ पैसा हुन्छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरका ८ लाख कित्ता साधारण शेयरको ८ करोड रुपैयाँ बराबरको निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।