PalikaExpress
२५ पुष २०७८, आईतवार
787 पटक हेरिएको

पालिका एक्सप्रेस, प्राईम कमर्सियल बैंक लिमिटेडले १० वर्ष अवधिको १० प्रतिशत व्याजदर भएको ‘१० बर्ष ,१० प्रतिशत, प्राईम डिबेन्चर २०८८ ’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सँग अनुमतिको लागि निबेदन दिएको छ । बैंकले रुपैया १००० अंकित दरमा २५ लाख कित्ता रू. २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागि पुस २१ गते सेबोनमा निवेदन दिएको छ ।

कुल २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ब्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ । विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।