२५ पुष २०७८, आईतवार   88 पटक हेरिएको


image

पालिका एक्सप्रेस, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले यहि माघ ७ गतेबाट जारी हुने हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

यस डेभलपमेन्ट बैंकको  हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि भोलि पुस २६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण , पुस २५ गते आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र यहि माघ ७ देखि खुल्ला हुने हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १:१.५ को अनुपातमा रुपैयाँ १०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयरको   ३० करोड रुपैयाँ बराबरको निष्कासन गर्न लागेको हो ।

माघ ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको यस हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताले बिक्री  सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर पोर्टल तथा एपबाट आवेदन दिन सक्नेछन् ।

यस बैंकको शेयर निष्कासन गर्न बोर्डले पौष १ गते अनुमति प्रदान गरेको थियो





सम्बन्धित समाचार