२४ पुष २०७८, शनिबार   70 पटक हेरिएको


image

पालिका एक्सप्रेस,छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको २६९ औ बैठकले गरेको निर्णय अनुसार संस्थाको २० औँ वार्षिक साधारण सभा पुस २३ गते हेटौडामा सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २७ प्रतिशत र नगद लाभांश ३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ३० प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यस  लघुवित्त संस्थाले पुस ७ गते देखि बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसकारण,  पुस ६ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड ४१ लाख पुगेको छ । साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा ऋषि राज जोशीलाई आगामी चार वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ । 





सम्बन्धित समाचार