
पालिका एक्सप्रेस, ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको ४०८ औ बैठकले गरेको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा पौष २३ गते काठमाडौँमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट सुरू हुने जनाएको थियो ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ११ प्रतिशत र नगद लाभांश ४.५ प्रतिशत (कर प्रयोजनका लागि समेत) गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते १ दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसकारण, पौष ८ गते सम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।