१६ कार्तिक २०७७, आईतवार   112 पटक हेरिएको


image

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘सक्किगो नि कोरोना महामारीपछिको लकडाउनसँगै बन्द भएको ‘सक्किगो नि…’ आगामी २० मंसिरबाट पुनः प्रसारणमा आउने भएको छ । यो टेलिसिरियल अब भने नेपाल टेलिभिजनबाट प्रसारण हुने छैन ।

कलाकार अर्जुन घिमिरे ‘पाँडे’का अनुसार टेलिसिरियल अब हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । पुरानै कलाकार र पुरानै विषयवस्तुमाथि बन्ने सिरियल प्रसारण गरेको पैसा तिर्न नपर्ने भएपछि हिमालय टेलिभिजनमा गएको घिमिरेले बताए ।
नेपाल टेलिभिजनमा प्रत्येक साता साढे दुई लाखभन्दा बढी रकम ब्रोडकास्टका लागि तिर्नु पर्ने थियो। अब भने हिमालय टेलिभिजनबाट प्रसारण हुने भएपछि धेरै राहत हुने कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले जानकारी दिनु भयो। तर, युट्युबमा भने पुरानै च्यानल ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ ।





सम्बन्धित समाचार