PalikaExpress
२२ पुष २०७८, बिहीबार
185 पटक हेरिएको

पालिका एक्सप्रेस, गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।
यस बैंकको आज बिहान ७ बजे पुस २२ गते बसेको सञ्चालक समितिको २७० औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १६ प्रतिशत वितरण गर्ने घोषणा गरेको हो ।
गरिमा विकास बैंक र साहारा विकास बैंकका बिचमा मर्जर भएकाले बोनसमा कुनै पनि कर नलाग्ने हुँदा नगद लाभांश नदिएको कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी १५ औ बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।