२१ पुष २०७८, बुधबार   280 पटक हेरिएको


image

पालिका एक्सप्रेस, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत २०७८ वैशाख ७ गते १०औ र ११ औ बार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर ९.७३ प्रतिशत बापतको कर रकम जम्मा गर्न आग्रह गरेको छ ।

यस लघुवित्तले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई यहि पुस १९ गते देखि सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरिसकेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट वितरण गरेको उक्त बोनस शेयर प्रयोजनका लागि लाग्ने कर बापतको रकम एकीकृत कारोबार पश्चात शेयर खरीद गरेकाहरुको हकमा मात्र लागू हुने लघुवित्त कम्पनीको भनाइ छ ।

लघुवित्त कम्पनीले बोनस शेयरको कर बापतको रकम एनएमबि बैंक लिमिटेडको शाखा कार्यालय वालिङमा रहेको ०४५००२६६८३८०००१९ मा जम्मा गरि दिनका लागि आग्रह गरेको हो ।

कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्न समेत यस लघुवित्त कम्पनीले शेयर लगानीकर्तालाई सुचित गरेको छ ।

यस लघुवित्तकम्पनी साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र यस कम्पनी मर्ज भई २०७६ साल पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । 





सम्बन्धित समाचार