२ कार्तिक २०७७, आईतवार   33 पटक हेरिएको


image

विकासमा ठूलो फड्को मारेको जापानले पछिल्लो दशक एउटा ठूलो समस्या झेलिरहेको छ– न्यून जन्मदर । अहिलेकै क्रममा जन्मदर घट्ने हो भने भविष्यमा जापान रित्तिने त्यहाँका विज्ञहरूले चेतावनी दिएका छन् । जापानले यही समस्याको समाधान खोज्ने प्रयासस्वरूप नवविवाहित जोडीका लागि आर्थिक सहयोगको घोषणा गरेको छ ।आगामी अप्रिलदेखि विवाह गर्ने नयाँ जोडीले ६ लाख जापनिज रुपैयाँ प्राप्त गर्ने जापान सरकारले घोषणा गरेको छ । जापानमा मान्छेहरू कामप्रति निकै समर्पित हुन्छन् । उनीहरू लामो समयसम्म काम गर्छन् । काममै व्यस्त हुँदा धेरै जापानिज ढिला विवाह गर्ने वा अविवाहित नै रहने क्रम बढेको छ । 

उनीहरूको यही जीवनशैलीका कारण जापानमा जन्मदर घट्दो अवस्थामा छ ।सोहीकारण जापान सरकारले नवविवाहित सहयोग कार्यक्रमको घोषणा गरेको हो । सरकारको योजनाअनुसार नवविवाहित जोडीले आफ्नो नयाँ जीवन सुरुवात गर्न सरकारबाट ६ लाख रकम प्राप्त गर्नेछन् ।४० वर्षभन्दा कम उमेरका बेहुलाबेहुलीले मात्रै रकम पाउँछन्स रकारले यो कार्यक्रमलाई व्यापक बनाएर देशमा चाँडै विवाह गर्नेको संख्या बढाउने योजना बढाएको द जापान टाइम्सले उल्लेख गरेको छ ।





सम्बन्धित समाचार