२० पुष २०७८, मंगलवार   270 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिभिल बैंक लिमिटेड र रिलायन्स फाईनान्स लिमिटेडको नेप्सेले बोनस शेयर पछीको शेयर मूल्य समायोजन गरेको छ। 

नेपाल स्टक एक्सचेन्जले बोनस सेयर प्रयोजनका लागि सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो। सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर पछी समायोजित प्रतिकित्ता मुल्य २४५.७१ रुपैयाँ रहेको छ ।अघिल्लो दिनको कारोबार मुल्य २५८ को आधारमा  समायोजित गरेको हो ।

यसैगरी, रिलायन्स फाईनान्स लिमिटेडको १५ प्रतिशत बोनस सेयर पछी समायोजित प्रतिकित्ता मुल्य ४५२.१७ रुपैयाँ कायम गरिएको छ।

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५२० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्य अनुसार नै यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्। 





सम्बन्धित समाचार