PalikaExpress
१९ पुष २०७८, सोमबार
235 पटक हेरिएको

पालिका एक्सप्रेस,रिलायन्स फाईनान्स कम्पनी लिमिटेडले बार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनको लागि भोलि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसकारण,आज पुस १९ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र बार्षिक साधारण सभामा भाग लिन र प्रस्ताबित लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस रिलायन्स फाईनान्स कम्पनीको १२ औ वार्षिक साधारण सभा पुस ३० गते काठमाण्डौंमा बिहान ११ बजे देखि सुरू हुने जनाएको छ।
सभामा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १५ प्रतिशत र नगद लाभांश ०.७९ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।