१६ कार्तिक २०७७, आईतवार   418 पटक हेरिएको


image

वाग्मती प्रदेशको राजधानी हेटौडा स्थित यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ । आजदेखि तीन दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको सबै सेवा स्थगित गर्न बाध्य भएको कार्यालयले जनाइएको छ ।    
    
सो कार्यालयको राजश्व फाँटमा कार्यरत रहेका केही कर्मचारी र अन्य शाखामा कार्यरत अरु कर्मचारीमा कोभिड संग मिल्दोजुल्दो लक्षण देखीए पछि र कार्यालयको राजश्व बुझ्ने नेपाल इन्भेस्टमेन्ट बैंक हेटौँडा शाखाका कर्मचारीमा समेत कोभिड प्रकोपबाट पीडित हुँदा यातायात सेवा कार्यालयले आफ्नो सबै सेवा स्थगित गर्नुपरेको सो कार्यालयका कार्यालय प्रमुख भक्तराज भण्डारीले बताउनुभयो ।

उहाँले कार्यालयको सेवा बन्द गर्नुपरेको विषयमा वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा जानकारी दिइसकिएको पनि बताउनुभयो ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकका १३ कर्मचारीमध्ये १० जना कर्मचारीलाई कोभिड पुष्टि भएकाले सो बैंकले पनि आजदेखि सबै प्रकारका सेवा बन्द गरी अर्को सूचना जारि नगरुन्जेल सम्म कार्यालय बन्द रहने यातायात सेवा मकवानपुरले जनाएको छ ।    





सम्बन्धित समाचार