१६ पुष २०७८, शुक्रबार   326 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिभिल  बैंक लिमिटेडले गत मंसिर २४ गते बाट पुस ७ गते सम्म निष्कासन गरेको ऋणपत्रको यहि पुस १४ गते रितपुर्बक आबेदन दिने आवेदकलाई बाँडफाँड  गरेको छ। 

यस बैंकले १० वर्ष अवधिको  १०.२५ % प्रतिशत ब्याजदर भएको “१०.२५% सिभिल बैंक डिबेञ्चर, २०८८” को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्रको ३ अर्ब रूपैयाँ बराबरको निष्कासन गरेको थियो ।

बैंकको निष्कासन गरिने कुल ३० लाख कित्ता ऋणपत्र मध्ये सर्वसाधारणका लागि १२ लाख कित्ता र  १८ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई कित्ता बिक्री गरेको छ । 

यस  बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार