१४ पुष २०७८, बुधबार   259 पटक हेरिएको


image

पालिका एक्सप्रेस,अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने भएको छ । पुस १२ गते बसेको कम्पनीको संचालक समितिको निर्णयानुसार बार्षिक साधारण सभा माघ ५ गते थापाथली ,काठमाण्डौंमा हुने जनाएको छ ।

यसै सभामा कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । शेयर निष्कासनका लागि अधिकृत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन , लेखापरिक्षणको प्रतिवेदन, वासलात,  नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखा परिक्षकको नियूक्ती र निजको पारिश्रमीक तोक्ने लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नगद लाभांश स्विकृत गर्ने, सञ्चालकहरुको पारिश्रमिक तथा बैठक भत्ता निर्धारण गर्ने, लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ । 





सम्बन्धित समाचार