PalikaExpress
१४ पुष २०७८, बुधबार
165 पटक हेरिएको

पालिका एक्सप्रेस,गरिमा विकास बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र ‘८.७५% गरिमा डिबेञ्चर २०८५’ बाँडफाँड भएको छ ।
बैंकले मंसिर १६ गते देखि पौष १ गते सम्म प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो ।
बैंकको निष्कासन गरिने कुल १० लाख कित्ता ऋणपत्र मध्ये सर्वसाधारणका लागि ४ लाख कित्ता र ६ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई कित्ता बिक्री गरेको हो ।
यस बैंकको उक्त तोकिएको समयभर रितपूर्वक प्राप्त भएका आवेदनहरूबाट ५ लाख ३२ हजार १ सय २४ कित्ता ऋणपत्र पौष १३ गते मंगलबार बाँडफाँड गरेको हो ।

यस बैंकको ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेको थियो ।