१४ पुष २०७८, बुधबार   450 पटक हेरिएको


image

पालिका एक्सप्रेस, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नेप्सेले बोनस शेयर पछीको मूल्यमा समायोजन गरेको छ।

लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १४८८.४६ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १९३५  रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

साथै, लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न पुस २८ गते बिहान ११ बजे बाट रुपन्देहीमा ७ औ वार्षिक साधारण सभाको आहवान गरेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बानेस शेयर वितरण गर्ने, एफपीओ निष्काशन गर्ने, अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गर्नेछ।





सम्बन्धित समाचार