१६ कार्तिक २०७७, आईतवार   66 पटक हेरिएको


image

काठमाण्डौ,नेपालको एक मात्र सरुवारोग सम्बन्धी उपचार गर्ने  शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना सङ्क्रमितको उपचार खर्च र धरौटी रकम तोकेको छ ।

नेपालमा कोरोना सङ्क्रमितको उपचार गर्ने यो पहिलो अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचार खर्च र धरौटी रकम तोकेको हो ।

अस्पतालले एक सूचना निकालेर जटिल अवस्थाको बिरामीका लागि भेन्टिलेटरसहित आईसीयूमा दैनिक(ICU with Ventilator) लाई  १५ हजार शुल्क लाग्ने जानकारी दिएको हो । जसअनुसार भर्ना हुनका लागि मात्रै ५० हजार धरौटी रकम तोकिएको छ । यस्तै भेन्टिलेटरबिना आईसीयूमा राखेको र क्याबिन आइसोलेशनमा राखेको दैनिक(ICU without ventilator) लाई  ७ हजार ५ सय शुल्क लाग्नेछ । यसका लागि बिरामीले भर्ना हुन ३० हजार धरौटी राख्नुपर्ने छ ।

मध्यम जटिल अवस्थाका सङ्क्रमित बिरामीलाई (cabin Isolation) मा दैनिक ७ हजार पाच सय लाग्ने जानकारी दिएको छ । यसका लागि बिरामीले भर्ना हुन ३० हजार धरौटी राख्नुपर्ने छ ।

मध्यम जटिल अवस्थाका सङ्क्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेशनमा राखेको दैनिक ३५ सयका दरले शुल्क लाग्ने सूचनामा उल्लेख छ । यसमा भर्ना हुन २० हजार धरौटी तोकिएको छ । तर अब बिरामीले उपचारमा छुत पाउने छैन छुट पाऊनको लागि उपचारमा संलग्न चिकित्सकले बिरामीको आर्थिक अवस्था, औचित्य र आवश्यकताका आधारमा उपचार शुल्कमा १० देखि शतप्रतिशत छुट दिन सक्नेछन् ।

तर त्यसको लागि बिरामीको बिपन्नता को प्रमाणपत्र , गरिब परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस पत्र, ७० वर्ष उमेर नाघेको नागरिकताको प्रमाणपत्र, अति अपाङ्गगताको  परिचयपत्र, अशक्तताको प्रमाणपत्र र एकल महिलाको प्रमाणपत्र पेस गर्नुपर्नेछ । जब देश कै सरकारी सरुवा रोग को उपचार गर्ने अस्पतालले रकम तोके पछि प्राईभेट अस्पतालले कती रकम लिने हो ।





सम्बन्धित समाचार