१२ पुष २०७८, सोमबार   70 पटक हेरिएको


image

पालिका एक्सप्रेस,मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ८  औ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ८ औ  वार्षिक साधारण सभा पुस ३० गते काठमान्डौमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने  भएको छ । त्यसकारण  कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पुस २० गते सम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र सो बार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।  





सम्बन्धित समाचार