१२ पुष २०७८, सोमबार   282 पटक हेरिएको


image

पालिका एक्सप्रेस,महालक्ष्मी विकास बैंक लिमिटेडले २० औ वार्षिक साधारण सभा पुस २५ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डौमा बिहान ११ बजेदेखि सुरू हुनेछ।बैंकले  बार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते १  दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकारण आज पुस १२ गते सम्म नेपाल नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सभामा बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २० प्रतिशत र नगद लाभांश १.०५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।





सम्बन्धित समाचार